
News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङ उद्योग व्यापार संघले जिल्ला प्रशासन कार्यालय मोरङलाई एउटा चार पाङ्ग्रे गाडी र जिल्ला प्रहरी कार्यालयलाई एउटा मोटरसाइकल सहयोग गरेको छ।
- जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी हुँदा जिल्ला प्रशासन कार्यालय मोरङका सबै सामग्री जलेर ध्वस्त भएका थिए।
- प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कार्यालय मर्मत र सामग्री जुटाउन राज्यकोषको बजेट खर्च नभएको र विभिन्न संघसंस्थाले सहयोग गरिरहेकाे बताए।
१२ असोज, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङलाई मोरङ उद्योग व्यापार संघले एउटा चार पाङ्ग्रे गाडी सहयोग गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङलाई एउटा मोटरसाइकल सहयोग गरेको छ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी हुँदा जिल्ला प्रशासन कार्यालय मोरङका सबै सामग्री जलेर ध्वस्त भएका थिए। कार्यालय सञ्चालनमा सहजताका लागि आइतबार मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गाडीको चाबी हस्तान्तरण गरे। मोरङ प्रहरी उपरीक्षक कवित कटवाललाई मोटरसाइकको चाबी हस्तान्तरण गरे।
आगलागीबाट ध्वस्त भएको जिल्ला प्रशासन कार्यालयलाई सेवा प्रवाहमा सहजताका लागि गाडी सहयोग गरेको अध्यक्ष राठीले बताए।
जेनजी आन्दोलनका क्रममा २४ भदौमा अराजक समूहले आगजनी गर्दा ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय मोरङको भवन मर्मत भइरहेको छ। कार्यालय सञ्चालनका सामग्री जुटाउने काम पनि जारी रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
उनका अनुसार कार्यालय मर्मत र सामग्री जुटाउन राज्यकोषको बजेट खर्च भएको छैन, कार्यालयसँग बजेट पनि छैन। विभिन्न संघसंस्थाले सहयोग गरिरहेका छन्।
प्रतिक्रिया 4