+
+
Shares

दशैं बिदामा पनि खुल्नेछन् नेपाल आयल निगमका यी डिपो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १८:२६

१२ असोज, काठमाडौं । नेपाल आयल निगमले आफ्नो डिपोहरु दशैं बिदाको समयमा पनि निरन्तर चलाउने भएको छ ।

निगमका अनुसार विराटनगरस्थित कोशी प्रादेशिक कार्यालय र मधेश प्रादेशिक कार्यालय अमलेखगन्ज असोज १३ र १७ गते सञ्चालनमा आउने छन् । बागमती प्रादेशिक कार्यालय थानकोट १३, १५ र १८ गते खुल्ने छ । पोखरा र भैरहवा डिपो  १३, १४ र १८ गते चल्नेछन् ।

सुर्खेत १३ र १८ तथा धनगढी डिपो १३, १४ र १७ गते खुल्ने निगमले जनाएको छ । चारआली डिपो १३ र १७ गते, नेपालगन्ज डिपो १३ र १४ गेत, वीरगन्ज डिपो १३, १४, १५ र १७ गते तथा दाङस्थित डिपो १३, १४, १५ र १८ असोजमा खुल्ने छन् ।

दिपायल भने आवश्यकता अनुसार खोल्ने तयारी निगमको छ । सार्वजनिक बिदाको दिनमा समेत पेट्रोलियम पदार्थको सहज आपूर्ति गरिने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?