+
+
Shares

काष्ठमण्डप नजिक लागेको आगो नियन्त्रणको प्रयास जारी

९ वटा दमकल र तीन पानी ट्यांकरले निभाइरहेछन् आगो

जिल्ला प्रहरी परिसर, काठमाडौंकी डीएसपी पूर्णिमा चन्दका अनुसार काठमाडौं महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको २ तले घरको कपडाको गोदामबाट आगलागी सुरु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १३ गते ८:१४
तस्वीर : कृष्णसिंह धामी/अनलाइनखबर

१३ असोज, काठमाडौं । काठमाडौंको काष्ठमण्डप नजिकै बिहान करिब साढे ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन ।

जिल्ला प्रहरी परिसर, काठमाडौंकी डीएसपी पूर्णिमा चन्दका अनुसार काठमाडौं महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको २ तले घरको कपडाको गोदामबाट आगलागी सुरु भएको हो ।

‘आगो ९० प्रतिशत नियन्त्रणमा आयो, केही बाँकी छ । निभाउने कार्य भइरहेको छ,; डीएसपी चन्दले अनलाइनबरसँग भनिन् ।

आगलागी भएका तीनवटा घर र मन्दिर आगोको चपेटामा परेका छन् ।

नेपाली सेना र काठमाडौं–भक्तपुरमा उपलब्ध अन्य ९ वटा दमकल र तीन वटा पानी ट्यांकीबाट आगो नियन्त्रणको प्रयास भइरहेको उनले बताइन् ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी लगायतले आगो निभाइरहेका छन् ।

आगलागी कपडा गोदमाबाट सुरू भएको स्थानीयले बताएका छन् । तर आगलागीको कारण अहिलेसम्म एकिन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?