+
+
Shares

नवघोषित कुमारी आर्यताराको आसन ग्रहण, पुरानोको बिदाइ (तस्वीरहरू)

काठमाडौं इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई विधि विधानपूर्वक कुमारीघरमा आसन ग्रहण गराइएको हो।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ असोज १४ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा नवघोषित कुमारी आर्यतारा शाक्यको विधि विधानपूर्वक आसन ग्रहण सम्पन्न भएको छ।
  • साढे दुई वर्षीया आर्यतारा शाक्यलाई गुठी संस्थान र पञ्चांग निर्णायक समितिको सल्लाहपछि कुमारी चयन गरिएको हो।
  • यससँगै अघिल्लो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिएको छ।

१४ असोज, काठमाडौं। नवघोषित कुमारी आर्यतारा शाक्यको आसन ग्रहण सम्पन्न भएको छ। मध्याह्न १२:०५ बजेदेखि १२:१६ बजे बीचको शुभ साइत पारेर विधि विधानपूर्वक कुमारीघरमा आसन ग्रहण गराइएको हो।

यससँगै यसअघिकी कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिएको छ।

काठमाडौं इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि छनोट गरिएको हो।

कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?