
News Summary
Generated by OK AI. Editorially reviewed.- घटस्थापनादेखि १४ असोज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका छन्।
- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले यात्रुको सहजता र सुरक्षाका लागि हेल्प डेस्क र आपतकालीन उद्धार टोली सक्रिय रहेको बताए।
- दशैं अवधिमा काठमाडौं उपत्यकामा ७२ हजार ४१ सवारी साधनबाट दुई लाख ८५ हजार ३०८ जना भित्रिएका छन्।
१४ असोज, काठमाडौं । दशैंको चहलपहल सुरु भएसँगै साढे पाँच लाख मानिसले काठमाडौं छाडेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।
काठमाडौं छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, ‘यात्रुको सहजता र सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली पनि सक्रिय छन् । ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ ।’
साथै दशैंको अवधिमा काठमाडौं उपत्यकामा ७२ हजार ४१ सवारी साधनबाट दुई लाख ८५ हजार ३०८ जना भित्रिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4