+
+
Shares

पाकिस्तानको क्वेटामा बम विस्फोटमा १० को मृत्यु, ३२ घाइते

पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले यो घटनाको पछाडि भारत समर्थित तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) का आतङ्ककारीको हात रहेको बताएका छन् । भारतले अहिलेसम्म यस आरोपमा कुनै प्रतिक्रिया दिएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानको क्वेटा शहरमा मंगलबार दिउँसो आत्मघाती बम विस्फोटमा १० जनाको मृत्यु र ३२ जना घाइते भएका छन्।
  • पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले भारत समर्थित तहरीक-ए-तालिबान पाकिस्तानका आतङ्ककारीको हात रहेको आरोप लगाउनुभएको छ।
  • बलुचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुग्टीले चार आतङ्ककारी मारिएको र घाइतेको स्वास्थ्य लाभको कामना गरेको बताउनुभयो।

१४ असोज, काठमाडौं । पाकिस्तानको क्वेटा शहरमा मंगलबार दिउँसो भीडभाड भएको सडकमा आत्मघाती बम विस्फोट भएको छ ।

पाकिस्तानी अखबार डनका अनुसार विस्फोटमा १० जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । मृतकमध्ये ४ जना उग्रवादी पनि रहेका छन् ।

क्वेटाका एसएसपी मोहम्मद बलोचका अनुसार, प्यारामिलिटरी फोर्सको हेडक्वार्टर नजिकै विस्फोटकले भरिएको गाडीमा विस्फोट भएको हो ।

विस्फोट यति शक्तिशाली थियो कि वरपरका घरका झ्याल फुटे र भित्तामा खाडल परेका छन् ।

पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले यो घटनाको पछाडि भारत समर्थित तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) का आतङ्ककारीको हात रहेको बताएका छन् । भारतले अहिलेसम्म यस आरोपमा कुनै प्रतिक्रिया दिएको छैन ।

विस्फोटको भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । क्वेटा शहरमा ठुला धुवाँका मुस्लो देखिएका छन् ।

सीसीटीभी फुटेजमा विस्फोटपछि एक व्यक्ति छटपटाइरहेको देखिएको छ । विस्फोटपछि पार्किङमा रहेका गाडीहरू चकनाचुर भएका छन् । घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

बलुचिस्तानका स्वास्थ्य मन्त्री बख्त मोहम्मद काकरका अनुसार, घाइतेलाई सिभिल अस्पताल र ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

क्वेटा सिभिल अस्पताल, बलुचिस्तान मेडिकल कलेज (बीएमसी) अस्पताल र ट्रमा सेन्टरमा आपतकालीन अवस्था घोषणा गरिएको छ । सबै चिकित्सक, फार्मासिस्ट, नर्स तथा स्वास्थ्यकर्मीलाई अस्पतालमै उपस्थित रहन निर्देशन दिइएको छ ।

बलुचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुग्टीले यस घटनालाई आतङ्ककारी हमला भएको बताएका छन् ।

उनले भने, ‘विस्फोटपछि सुरक्षाबलले कारबाही गरी ४ आतङ्ककारी मारिएका छन् । हामी शहीद परिवारसँग छौं र घाइतेको चाँडै स्वास्थ्य लाभको कामना गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?