+
+
Shares

कञ्चनपुरमा जिप दुर्घटना हुँदा बालिकाकाे मृत्यु, आठ जना घाइते

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले बालिकाकाे महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते १९:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरमा बाेलेराे जिप दुर्घटना हुँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
  • दुर्घटना बेदकोट नगरपालिका–३ सिउडीबागस्थित दैजी–जोगबुढा सडक खण्डमा भएको हो।
  • घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ र उनीहरूलाई महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

१४ असोज, धनगढी । कञ्चनपुरमा बाेलेराे जिप दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् ।

बेदकोट नगरपालिका–३ सिउडीबागस्थित दैजी–जोगबुढा सडक खण्डमा दैजीबाट जाेगबुढातर्फ गइरहेको से १ ज ४१७ नम्बरको मंगलबार दिउँसो जिप दुर्घटना हुँदा बेदकाेट नगरपालिका-४ बस्ने दुई वर्षीया युविका पालकाे मृत्यु भएको हाे ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले बालिकाकाे महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।

उनकाअनुसार दुर्घटनामा मृतक बालिकाका १० वर्षीय दाजु प्रिन्स पाल र आमा ३० वर्षीयालसहित तारा पाका आठ जना घाइते भएका छन् । उनीहरू मध्ये तीन जनाकाे अवस्था गम्भीर छ ।

डडेल्धुराकाे पर्शुराम नगरपालिका- ११ बस्ने २१ वर्षीया मनिषा कुँवर, कञ्चनपुरकाे कृष्णपुर नगरपालिका-१ वाणी बस्ने ३३ वर्षीय धाना बाेहरा र उनकाे ४ वर्षीय छाेरा कमलकाे अवस्था गम्भीर रहेकाे छ ।

यस्तै पर्शुराम नगरपालिका-३५ वर्षीय देवेन्द्र धामी, वेदकाेटका २४ वर्षीय बिरेन्द्र कुँवर, वेलकाेट नगरपालिका-४ का नरेश सार्की पनि घाइते छन् ।

उनीहरूकाे महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको डीएसपी जाेराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?