+
+
Shares

सामाजिक सञ्जालको प्रयोगले मौसमको सूचनामा सहजता

मौसमी सूचनाका साथै बाढी र वर्षाको अवस्थालगायत अन्य जनचेतनामूलक जानकारीहरू दिने गरिएको छ । नेपाल वेदर फोरकाष्टमा आज आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श भनेर सन्देश दिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जल तथा मौसम विज्ञान विभागले फेसबुकमा 'नेपाल वेदर फोरकाष्ट' र 'नेपाल बाढी सूचना' पेज सञ्चालनमा ल्याएको छ।
  • मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएको छ।
  • सामाजिक सञ्जालमार्फत युट्युब, टिकटक र ट्विटरमा पनि मौसम र बाढी सम्बन्धी सूचना नियमित रूपमा प्रवाह भइरहेको छ।

१४ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले सामाजिक सञ्जालको प्रयोगमा जोड दिँदा आमनागरिकलाई मौसमी सूचना प्राप्त गर्न सहज भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले ‘नेपाल वेदर फोरकाष्ट’ र बाढी पूर्वानुमान महाशाखाले ‘नेपाल बाढी सूचना’ नामको ‘फेसबुक पेज’ सञ्चालनमा ल्याएको छ । यी दुई सञ्जालमा नियमित रूपमा मौसमी सूचना दिँदा सूचना प्रवाह र प्राप्तिमा सहज भएको हो ।

मौसमी सूचनाका साथै बाढी र वर्षाको अवस्थालगायत अन्य जनचेतनामूलक जानकारीहरू दिने गरिएको छ । नेपाल वेदर फोरकाष्टमा आज आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श भनेर सन्देश दिइएको छ ।

सन्देशमा भनिएको छ, ‘कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागका तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सबैमा अनुरोध छ ।’

सञ्जालमा मनसुन सक्रिय भएका बेलामा या अन्य बेलामा मनसुनबारे प्राविधिक कुराका साथै कहाँकहाँ पानी पर्छ भनेर शब्द तथा दृश्यमा विवरण राख्ने गरिएको छ । यसले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई निक्कै सजिलो भएको छ ।

बाढी पूर्वानुमान महाशाखाकी हाइड्रोलोजिष्ट इञ्जिनियर जिङ्की भुसालले ‘नेपाल बाढी सूचना’मा पनि त्यसैगरी जानकारीमूलक दृश्य सामग्री राखिएको बताए ।

उक्त दृश्य सन्देशमा भनिएको छ, ‘पानी पर्न थालेपछि आफू नजिकैको खोलामा बाढी आउला कि नआउँला भन्ने चासो तपाईलाई पनि हुनसक्छ । यसका लागि तपाईं आफैँले हाम्रो वेबसाइट र सामाजिक सञ्जाल हेरेर बाढीबारे थाहा पाउन सक्नुहुन्छ ।’

सामाजिक सञ्जालदेखि बाढीको अवस्थाबारे सबैले बुझ्ने गरी सूचना राखिएको उनले उल्लेख गरे ।

युट्युव, टिकटक र ट्विटरमा पनि यसैगरी सूचना राख्ने गरिएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । यसरी नियमित रूपमा सामाजिक सञ्जालबाट सूचना प्रवाह भइरहेको उनले जानकारी दिए ।

पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सामाजिक सञ्जाल निक्कै प्रभावकारी भएको विभागको निष्कर्ष छ ।

यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सामाजिक सञ्जालको उपयोग गरिरहेको छ ।

विभागलगायत निकायले अन्य सन्देशमूलक सूचना शेयर गर्नुका साथै आफ्ना सूचना तथा जानकारीसमेत सम्प्रेषण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?