+
+
Shares

यी हुन् वर्षा र बाढीको जोखिमयुक्त जिल्ला

मौसमविद्हरु  विभिन्न मोडलहरू हेर्दा दशैंलगत्तै पोहोरजस्तो भिषण पानी पर्ने सम्भावना देखिएको बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १६ गते ६:२९

१६ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय हुन थालेकाले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

यही असोज १७ गतेबाट असोज २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ ।

विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमश: सर्ने र त्यसको प्रभावले नेपालमा वर्षा गराउने छ ।

त्यो वर्षाले विशेषगरी वागमती प्रदेशका काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवनमा बाढी, पहिरो र डुबानको जोखिम हुने जनाइएको छ ।

यसैगरी कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङमा पनि जोखिम हुने ठानिएको छ ।

यस्तै मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्लालाई पनि जोखिम सूचीमा राखिएको छ ।

यी जिल्लाहरुमा नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेकाले असोज १८ गतेदेखि २० गतेसम्म विशेष सतर्कता अपनाउन विभागले विशेष बुलेटिन जारी गरेर अनुरोध गरेको छ ।

हालको विश्लेषणअनुसार नारायणी, बागमती, कमला र कोशी नदी र यीनका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने सम्भावना छ ।

साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना समेत छ ।

यस वर्षाका कारण बाढी, डुबान, पहिरो, भूक्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुने सम्भावना छ ।

त्यसैले सम्भावित क्षति न्यूनीकरणका लागि विभागबाट नियमित रूपमा जारी हुने अध्यावधिक पूर्वानुमान तथा पूर्वसूचनाहरूमा चासो राख्न र आवश्यक सतर्कता अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ ।

मौसमविद्हरु  विभिन्न मोडलहरू हेर्दा दशैंलगत्तै पोहोरजस्तो भिषण पानी पर्ने सम्भावना देखिएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?