+
+
Shares

वसन्तपुरमा दशैंको रौनक (तस्वीरहरू)

बडादशैंको टीका ग्रहण गरेका सर्वसाधारणहरू वसन्तपुरमा आफन्त तथा साथीभाईसँग रमाइरहेको दृश्य देखिन्छ । युवायुवतीहरू निधामा टीका र शिरमा जमरा सिउरिएर आपसमा फोटो खिचेर रमाइरहेका देखिन्छन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ असोज १६ गते १४:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको वसन्तपुरमा दशैंको टीका ग्रहण गरेका सर्वसाधारणहरू आफन्त तथा साथीभाईसँग रमाइरहेका छन्।
  • यस वर्षको दशैंको टीकाको बिहान ११ बजेर ५३ मिनेट निर्धारण गरिएको थियो र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले साइतपछि पनि टीका लगाउन मिल्ने बताएको छ।
  • कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसेर पूजा गरेपछि दशैं पर्व समापन हुन्छ र नेपालभर दशैं महान् पर्वका रुपमा मनाइन्छ।

१६ असोज, काठमाडौं । काठमाडौंको वसन्तपुरमा यतिबेला दशैंको चहलपहल छ । बडादशैंको टीका ग्रहण गरेका सर्वसाधारणहरू वसन्तपुरमा आफन्त तथा साथीभाईसँग रमाइरहेको दृश्य देखिन्छ ।

कति सर्वसाधारण वसन्तपुरस्थित मन्दिरमा पूजाका लागि लामबद्ध समेत देखिन्छन् ।

युवायुवतीहरू निधामा टीका र शिरमा जमरा सिउरिएर आपसमा फोटो खिचेर रमाइरहेका देखिन्छन् । यस वर्षको दशैंको टीकाको आज बिहान ११ बजेर ५३ मिनेट निर्धारण गरिएको थियो ।

जनस्तरमा साइतपछि पनि टीका लगाउने चलन छ । टाढका आफन्तको पुगेर पूर्णिमासम्म पनि दशैंको टीका र आशिर्वाद ग्रहण गर्ने चलन छ ।

साइतपछि पनि टीका लगाउन मिल्ने भनेर नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं पर्व समापन हुन्छ । नेपालभर दशैं महान् पर्वका रुपमा मनाइन्छ । विदेशमा रहेका नेपालीले पनि एकापसमा जम्मा भई दशैं मनाउने गर्छन् ।

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?