+
+
Shares

अरनिको राजमार्गको पकुचामा पहिरो खसेर सडक अवरुद्ध

तिरतरे धारामा पनि ढुंगासहितको पहिरो

अरनिको राजमार्गको धुलिखेल-८ पकुचाको आँपको बोटमुनि पहिरोले खसेर सडक अवरुद्ध भएको छ । राजमार्गकै धुलिखेल–खावा सडक खण्डको तिरतरे धारामा पनि ढुंगासहितको पहिरो झरिरहेको छ ।

कपिल कोइराला कपिल कोइराला
२०८२ असोज १८ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अरनिको राजमार्गको धुलिखेल-८ पकुचामा पहिरोले सडक अवरुद्ध भएको छ।
  • जिल्ला प्रहरी प्रमुख कोमल शाहले पहिरो पन्छाउने कार्य सुरु भएको जानकारी दिनुभयो।
  • धुलिखेल–खावा सडक खण्डको तिरतरे धारामा पहिरो झरिरहेको कारण सवारी सञ्चालनमा रोक लगाइएको छ।

१८ असोज, काभ्रेपलाञ्चोक। अरनिको राजमार्गको धुलिखेल-८ पकुचाको आँपको बोटमुनि पहिरोले खसेर सडक अवरुद्ध भएको छ ।

अहिले पहिरो पन्छाउने कार्य सुरु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

यस्तै राजमार्गकै धुलिखेल–खावा सडक खण्डको तिरतरे धारामा पनि ढुंगासहितको पहिरो झरिरहेको छ ।

वर्षासँगैको पहिरोको जोखिमलाई मध्यनजर गर्दै त्यहाँ सवारी सञ्चालनमा रोक लगाइएको शाहले बताए । उनका अनुसार, सवारीहरू धुलिखेलमा होल्ड गरेर राखिएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?