+
+
Shares

काठमाडौं–हेटौंडा जोड्ने चार सडकमध्ये एउटामात्र खुला, त्यो पनि एकतर्फी

कुलेखानी ड्याम खोल्दा बाटो भत्किएको भन्ने हल्ला गलत : प्रहरी

कुलेखानी ड्याम खोल्दा बाटो भत्किएको भनेर सामाजिक सन्जालमा भएको हल्ला सत्य नरहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १०:१४
Photo Credit : कान्ति लाेकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-११ सिमात घुम्तीमा खसेको पहिरो ।

१९ असोज, काठमाडौं । काठमाडौं–हेटौंडा आउजाउ गर्ने चारवटा बाटाहरुमध्ये एउटा सडकमात्र खुला रहेको प्रहरीले जनाएको छ ।

फर्पिङ–फाखेल–कुलेखानी खण्ड मात्र खुला रहेको हो । तर यो बाटो पनि एकतर्फीमात्र चलिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अरु सबै बाटाहरु बन्द छन् । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे–पालुङ–हेटौंडा खण्डमा पहिरो खसेकाले बाटो बन्द छ । पहिरो हटाउने काम जारी रहेको प्रहरीले जनाएको छ ।

यसैगरी सातदोबाटो–ठिंगन हुँदै हेटौंडा निस्किने कान्ति लोकपथ पनि पहिरोको अवरुद्ध छ ।

मकवानपुरकाे बकैया गाउँपालिका-११ सिमात घुम्तीमा पहिरो खसेर कान्ति लाेकपथ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

पालुङ नजिक पर्ने सिस्नेरी बजारको बाटो पनि बन्द रहेको प्रहरीले जनाएको छ ।

कुलेखानी ड्याम खोल्दा बाटो भत्किएको भनेर सामाजिक सन्जालमा भएको हल्ला सत्य नरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यसपटक कुलेखानीको ड्याम खोल्नै परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?