+
+
Shares

सुकुना र काली खोलाको बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ४०० बढी विस्थापित

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १०:४१

१९ असोज, विराटनगर । निरन्तरको वर्षासँगै आएको बाढीले पूर्वपश्चिम राजमार्गको झापा खण्ड अवरुद्ध भएको छ । शिवसत्ताक्षी नगरपालिका र झापा गाउँपालिकामा बाढीले चार सय बढी विस्थापित भएका छन् ।

काली खोलामा आएको बाढीले मेचीनगर नगरपालिका–६ र सुकुना खोलामा आएको बाढीले सिवसत्ताक्षी नगरपालिका–१० खण्डमा राजमार्ग अवरुद्ध भएको हो ।

प्रहरीले  यातायातका साधनका लागि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

त्यस्तै झापा गाउँपालिका–२ सुगाबथान भन्ने स्थानमा बाढी पस्दा ५६ परिवार विस्थापित भएका छन् ।

माई खोलामा आएको बाढी शिवसत्ताक्षी नगरपालिका ४, ५, ६ र ७ नम्बर वडाका करिब ३५० घरमा बाढी पसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?