+
+
Shares

बीपी राजमार्ग अवरुद्ध भएर मङ्गलटारमा फसेका मिर्गौला फेल भएका बिरामीको हेलिकप्टर मार्फत उद्धार

दुवै मिर्गौला फेल भएर उपचारमा आउँदै गर्दा बीपी राजमार्गको चौकीडाँडा- नेपालथोक सडकखण्ड अवरुद्ध भएपछि मङ्गलटारमा फसेका सिन्धुलीका ज्ञानकुमार मगरको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बीपी राजमार्ग अवरुद्ध भएपछि उपचारमा समस्या भएका सिन्धुलीका ज्ञानकुमार मगरलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
  • मगरको दुवै मिर्गौला फेल भएपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कोमल शाहले बताए।
  • उनीलाई नेपाल भारत मैत्री अस्पताल मित्रपार्कमा उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीले जानकारी दिए।

१९ असोज, काभ्रेपलाञ्चोक। बीपी राजमार्ग अवरुद्ध भएपछि उपचारमा समस्या भएका बिरामीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

दुवै मिर्गौला फेल भएर उपचारमा आउँदै गर्दा बीपी राजमार्गको चौकीडाँडा- नेपालथोक सडकखण्ड अवरुद्ध भएपछि मङ्गलटारमा फसेका सिन्धुलीका ज्ञानकुमार मगरको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

शनिबारदेखि मंगलटारमा फसेका मगरको दुवै मिर्गौला फेल भएको र राजमार्गबाट ल्याउन असम्भव भएको कारण हेलिकप्टर मार्फत उद्धार गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख कोमल शाहले जानकारी दिए।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार मिर्गौला फेल भएका ज्ञानकुमार मगरको नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको लागि काठमाण्डाै पठाईएको जानकारी दिए ।

उपचारको लागि मगरलाई नेपाल भारत मैत्री अस्पताल मित्रपार्क लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?