+
+
Shares

विप्लव नेतृत्वको नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १७:४०

१९ असोज, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

कविलवस्तुस्थित केन्द्रीय कार्यालय, शिवगढीमा यही असोज २६,२७ र २८ गते बस्नेगरी केन्द्रीय कमिटी बैठक आह्वान गरिएको पोलिटब्यूरो सदस्य असल सीले जानकारी दिए ।

उनका अनुसार, बैठकमा पछिल्लो समसामयिक राजनीति, कम्युनिष्ट पार्टीहरूको एकता र ध्रुवीकरण लगायतका विषयमा छलफल हुनेछ ।

‘पछिल्लो समसामयिक राजनीतिबारे हामीले धारणा प्रष्ट रुपमा बाहिर ल्याउन बाँकी छ । त्यसैका लागि केन्द्रीय कमिटी बैठक बोलाएका हौं,’ उनले भने ।

त्यसअघि २३ गते स्थायी कमिटी बैठक पनि बस्ने उनले बताए ।

नेकपासँग एकता गर्ने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको माओवादी केन्द्रसँगको एकताबारे पनि केन्द्रीय समिति बैठकमा छलफल हुने सो दलका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?