+
+
Shares

डान्सिङ गीत मनपर्छ, दुर्गेश थापाको दुश्मन हेरेको हेर्‍यै धेरै सुन्छु

फुटबल, चेस जस्ता खेलहरू खेलिहरेको हुन्छु । माहोल मिल्यो भने नाच्न गाउनमा पनि रमाइलो लाग्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते १६:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले रमाइलो गर्न परिवारसँग घुम्न जानुहुन्छ ।
  • डा. शाहीले फिल्म कम हेर्नुहुन्छ र पछिल्लो पटक हिन्दी फिल्म सैयारा र नेपाली फिल्म पूर्णबहादुरको सारङ्गी हेरेको बताउनुभयो।
  • उहाँले फुर्सद पाए राजेश हमालसँग भेट्न चाहनुहुन्छ र नेपालमा सबैभन्दा मनपरेको घुम्ने ठाउँ पोखरा रहेको उल्लेख गर्नुभयो।

धेरै समय अस्पतालमा बिताउने र बिरामीको उपचारका लागि दौडधुपमा व्यस्त हुने डाक्टरहरू अक्सर गम्भीर देखिन्छन् । यस्तो अवस्थामा उनीहरू कसरी आफ्नो निजी जीवन बिताउँछन् ? कसरी रमाइलो गर्छन् ? कुन बेला घुमफिर गर्छन् ? कुन बेला फिल्म हेर्न निस्कन्छन् त ?

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीसँग हामीले यस्तै निजी जीवनबारे प्रश्नहरू राखेका छौँ।

१. रमाइलो गर्न मन लागे के गर्नुहुन्छ ? अर्थात मन खुसी भएको बेला के गर्नुहुन्छ ?

रामाइलो गर्न मन लागेको बेला वा अलिकति फुर्सद भएका बेला म परिवारसँग समय बिताउँछु । दुई छोरा र श्रीमतीसँग घुम्न जान्छु । बाहिर खाना खान निस्कन्छु । मेरो छोरालाई फुटबल खेल्न एकदमै मनपर्छ त्यसैले समय मिल्यो भने उसलाई फुटसलमा पनि लिएर जान्छु ।

२. फिल्म हेर्नुहुन्छ ? पछिल्लो समय हेरेको फिल्म याद छ ?

फिल्म चाहिँ म एकदमै कम हेर्छु । पछिल्लो समय हेरेको हिन्दी फिल्म सैयारा हो । नेपाली भने पूर्णबहादुरको सारङ्गी हेरेको थिएँ ।

३. फिल्म घरमै हेर्नुहुन्छ कि हलमा ?

एकदमै कम फिल्म हेर्ने भएकाले हेरेका बेला हलमा नै गएर हेर्छु ।

४. कुनै फिल्म हेरेर त्यसबाट प्रभावित हुनुभएको छ ?

पूर्ण बाहादुरको सारङ्गी हेरेर एकदमै प्रभावित भएको थिएँ । मेरो बुबाआमाले पनि मलाई डाक्टर बनाउनका लागि गर्नुभएको मेहनत सम्झिएर उहाँहरू प्रतिको सम्मन झनै बढ्यो । साथै आफू पनि पिता भएकाले आफूले पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेहनत गर्छु भन्ने भयो ।

५. फिल्म हेरिरहँदा हिरो हुन पाए हुन्थ्यो जस्तो लाग्छ वा लाग्दैन ?

एउटा दिलीप रायमाझीको फिल्म छ नी दर्पणछायाँ त्यो हेरेर दिलीप रायमाझीले जस्तै नाच्न जाने हुन्थ्यो जस्तो चाहिँ लागेको थियो । शाहरुख खानको फिल्महरू हेरेपछि शाहरुख खान जस्तो हुन पाए हुन्थ्यो जस्तो पनि लाग्थ्यो कहिँलेकाँही ।

६. तपाईंले हेरेको कुनै त्यस्तो फिल्म छ, जसको कारण आफूलाई बदल्ने कोसिस गर्नुभएको छ ?

त्यस्तो अनुभव चाहिँ खासै छैन

७. फुर्सद पाए नेपालको कुन कलाकारसँग समय बिताउन चाहनुहुन्छ ?

फुर्सद पाए राजेश हमालसँग समय बिताउन चाहन्छु । एकचोटी बंगलादेशमा पढ्दा उहाँसँग भेट भएको थियो तर त्यसपछि भेट्ने मैका पाएको छैन । मिल्यो भने फेरि भेट्न र समय बिताउन चाहान्छु ।

८. तपाईंलाई कुन कलाकार मनपर्छ ? किन ?

पूर्णबहादुरको सारंगी हेरेपछि मलाई बिजय बराल एकदमै मनपर्छ, उहाँको अभिनय एकदमै राम्रो छ ।

९. नाटक हेर्न जानुभएको छ ?

नाटक हेर्न म खासै गएको छैन । हेर्न जान मन छ मैका मिल्यो भने जान्छु पनि ।

१०. घरमै बस्दा गीत सुन्ने गर्नुभएको छ ?

गीत सुन्न मलाई एकदमै मनपर्छ । त्यसैले घरमै बस्दा मात्र हैन गाडीमा पनि गीतहरू सुन्छु ।

११. कसको गीत वा कस्तो गीत सुन्नुहुन्छ ?

मलाई डान्सिङ गीतहरू मनपर्छ । मेरो सानो छोरोलाई पनि दुर्गेश थापाको दुश्मन हेरेको हेर्‍यै र जाने भए जाम माया एकदमै मनपर्छ ।  त्यसैले यी गीतहरू नै धेरै सुनिन्छ ।

१२. कुन नेपाली गायक, जसलाई तपाईं भेट्न चाहनुहुन्छ ?

नेपाली गायक हेमन्त शर्मालाई भेट्न चाहन्छु ।

१३. कोर्सबाहेक कुनै पुस्तक पढ्नुहुन्छ ? फिक्सन वा ननफिक्सन

कोर्सबाहेक मलाई मोटिभेसनल पुस्तकहरू पढ्न मनपर्छ । ‘इफ यु थिङ्क यु क्यान’ भन्ने पुस्तक छ, त्यो असाध्यै राम्रो छ । यो पुस्तक म अरूलाई पनि पढ्ने सल्लाह दिन चाहन्छु ।

१४. पछिल्लो समय कुन पुस्तक पढ्नुभयो ?

अहिले पछिल्लो समय मलाई म्याक्स फाउन्डेसनको सीईओले एउटा किताब दिनुभएको छ ‘हेल्थ इज वेल्थ’ भन्ने त्यही पढिरहेको छु ।

१५. पुस्तक ज्ञानका लागि वा मनोरञ्जनका लागि पढ्नुहुन्छ ?

धेरै पुस्तक ज्ञनका लागि पढ्छु । मनोरञ्नका लागि कान्तिपुर पब्लिकेसनको नारी म्यागजिन बढ्छु । मेरो श्रीमतीलाई मनपर्छ त्यो म्यागजिन त्यसैले हरेक महिना घरमा आउँछ।

१६. यस्तो पुस्तक छ, जसले तपाईंको मन परिवर्तन गरिदियो ?

मन परिवर्तन गरिदिएको पुस्तक ‘इफ यू थिंक यू क्यान’ नै हो ।

१७. किनमेल गर्न कति रुचाउनुहुन्छ ?

किनमेल गर्न रुचि त छ । तर, म किनमेल गर्न त्यति जान्दिन  ।  बजारमा गयो भने के किन्ने के भनेर अलमल हुन्छ ।

१८. के कस्ता किनमेलका लागि बजार जानुहुन्छ ?

मेरो छोरा र म फुटसल खेल्छौँ त्यसैले फुटबल खेल्नका लागि चाहिने सामग्री किन्न चाहिँ म आफैँ जान्छु ।

१९. आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ वा अरूले किनिदिन्छन् ?

आफू खासै किन्दिन । पहिले आमाले किनिदिनुहुन्थ्यो अहिले श्रीमतीले ।

२०. घरमा खाना पकाउने गर्नुहुन्छ ?

खाना पकाउने त गरेको छैन ।

२१. तपाईंलाई पकाउन आउने परिकार कुन हो ?

मलाई पकाउन आउने विशेष त्यस्तो केही परिकार छैन ।

२२. पाहुना आउँदा वा पारिवारिक जमघटमा खानेकुरा पकाउने गर्नुहुन्छ ?

पहुना आउँदा पारिवारिक जमघटमा खाना नपकाए पनि अन्य काममा सहयोग भने गर्छु ।

२३. तपाईंलाई मिठो लाग्ने परिकार चाहिँ कुन हो ?

मलाई मिठो लाग्ने परिकार दाल, भात, तरकारी हो । तरकारीमा विशेष खसीको मासुको ग्रेभी मनपर्छ ।

२४. पर्फ्युमको कति सौखिन हुनुहुन्छ ? कुन पर्फ्युम प्रयोग गर्नुहुन्छ ?

पर्फ्युमको खासै सौखिन छैन । कहिलेकाहीँ श्रीमतीले ल्याइदिएको पर्फ्युम लगाउँछु ।

२५. आफ्नो पेशाबाहेक अरू के कुरामा सौखिन हुनुहुन्छ ?

आफ्नो पेशाबाहेक खेलहरूको सौखिन छु । फुटबल, चेस जस्ता खेलहरू खेलिहरेको हुन्छु । माहोल मिल्यो भने नाच्न गाउनमा पनि रमाइलो लाग्छ ।

२६. घरपालुवा पशुहरू पाल्ने गर्नुभएको छ ? कति सौखिन हुनुहुन्छ ?

घरपालुवा पशुहरूको भने खासै सौखिन छैन म ।

२७. जमघटमा वा रमाइलोमा कति सहभागी हुन रुचाउनुहुन्छ ?

जमघटमा वा रमाइलोमा सहभागी हुन रुचाउँछु । पारिवारिक जमघट होस् वा साथीभाइको जमघट दुवैमा सहभागी हुन्छु ।

२८. घुमफिरमा कति रुचि राख्नुहुन्छ ?

घुमफिरमा पनि रुचि छ । त्यसैले अलिकति फुर्सद मिल्दा परिवारसँग घुमफिरका लागि निस्किहाल्छु ।

९. प्राय कहाँ-कहाँ घुम्न निस्कनुहुन्छ ?

थोरै समयका लागि फुर्सद हुँदा काठमाडौं उपत्यकामा नै घुमिन्छ । अलि फुर्सद हुँदा उपत्यका बाहिर पनि गइन्छ ।

३०. घुम्नका लागि नेपालको सबैभन्दा मन परेको ठाउँ कुन हो ?

नेपालको सबैभन्दा मनपरेको ठाउँ पोखरा नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?