+

डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त

२०८२ माघ  १५ गते १४:११ २०८२ माघ १५ गते १४:११
डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाटन अस्पतालका मेडिकल अंकोलोजिस्ट डा. अरुण शाहीलाई अमेरिकास्थित द म्याक्स फाउण्डेसनले ग्लोबल थिंक ट्यांकको सदस्यमा नियुक्त गरेको छ।

१५ माघ, काठमाडौं । पाटन अस्पतालका नेपाली मेडिकल अंकोलोजिस्ट डा. अरुण शाहीलाई अमेरिकास्थित द म्याक्स फाउण्डेसनले आफ्नो ग्लोबल थिंक ट्यांकको सदस्यमा नियुक्त गरेको छ ।

यो नियुक्तिले न्यून तथा मध्यम आय भएका मुलुकहरूमा क्यान्सर उपचारको पहुँच सुधार, नीति निर्माण र बिरामी–केन्द्रित कार्यक्रम विकासमा नेपालको प्रतिनिधित्वलाई मजबुत डा.शाहीले बताए ।

शाही लामो समयदेखि नेपालमा क्यान्सर उपचार सेवा विस्तार, जनचेतना र अन्तर्राष्ट्रिय सहकार्यमा सक्रिय छन् ।

‘यो नियुक्ति मेरो लागि ठूलो सम्मान हो’ डा. शाहीले भने, ‘म यस प्लेटफर्ममार्फत नेपालको अनुभव विश्वसँग बाँड्ने र उत्कृष्ट अभ्यास नेपालमा ल्याउने प्रयास गर्नेछु ।’

द म्याक्स फाउण्डेसनले विश्वका ७० भन्दा बढी देशमा क्यान्सर बिरामीलाई उपचार तथा औषधि पहुँचमा सहयोग गर्दै आएको छ ।

नेपालमा यो संस्थाले २० वर्षभन्दा बढी समयदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा १४ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ।

 

डा.अरूण शाही
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय