+
+
Shares

कोशी प्रदेशमा विपद्‌काबीच नेपाली सेना उद्धारकार्य जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते १५:१८

२० असोज, काठमाडौं । नेपाली सेनाले कोशी प्रदेशमा विपद्‌काबीच उद्दार कार्य जारी राखेका छन् । कोशी प्रदेशका अधिकांश जिल्लाहरू बाढी पहिरोबाट प्रभावित भएपछि
सेनाो टोली थप सक्रिय भइ उद्धारकार्यमा थप सक्रियता देखाएको हो ।

सेनाले कोशीका विशेषगरी इलाम, मोरङ, सुनसरी र झापा जिल्लामा मानवीय तथा भौतिक क्षतिग्रस्त क्षेत्रमा काम गरिरहेको पूर्वी पृतना हेडक्वार्टरले जनाएको छ ।

पृतना हेडक्वार्टरका अनुसार विपद्को यस अवस्थामा नेपाली सेनाले हवाई तथा स्थलीय फौज परिचालन गरी विभिन्न स्थानमा उद्धार, तटबन्ध निर्माण तथा शव संकलनजस्ता महत्वपूर्ण कार्य गर्दै आएको छ ।

सेनाले हालसम्म ६०८ जना प्रभावित व्यक्तिहरूको सफल उद्धार गरेको छ ।

यसअघि सेनाले सम्भावित क्षतिको जोखिमलाई न्यूनीकरण गर्न पूर्वी पृतना हे.क्वा.बाट संवेदनशील स्थानहरूमा सेनाको पूर्वतयारी तैनाथी तथा हवाई साधन स्ट्यान्डबाई राखेको थियो। यसले उद्धार कार्यलाई सहज बनाउँदै क्षति कम गर्न निर्णायक भूमिका खेलेको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?