
२० असोज, विराटनगर । विराटनगरमा बाढी प्रभावितहरूको स्वास्थ्य समस्या देखिन थालेको छ । बाढीका कारण विस्थापित भएका ज्येष्ठ नागरिक र बालबालिकामा चिसो र ज्वरोको समस्या देखिन थालेको हो ।
शुक्रबार र शनिबारको वर्षासँगै केसलीया खोलामा आएको बाढीका कारण विस्थापित भएकाहरुका लागि सोमबार जीवन विकास सामुदायिक अस्पतालले विराटनगर महानगरपालिका – १२ को बखरी स्कुल र विराटनगर– १६ को दरैयामा रहेको मिल्स माध्यमीक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । ती स्कुलमा बाढी प्रभावित बसेका छन् ।
बालरोग विशेषज्ञ र फिजिसियन चिकित्सकसहितको टोलीले बाढीका कारण विस्थापित भएका ४ सय बढीको स्वास्थ्य जाँच गरेको थियो ।
स्वास्थ्यमा समस्या देखिएकाहरूलाई औषधि उपलब्ध गराएको जीवन विकास सामुदायीक अस्पतालका संयोजक तेजस्वी मण्डलले जानकारी दिए । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पनि सामाजिक अभियान अन्तरगत विराटनगरको रानी, बुधनगर, झापाको धरमपुर, सुनसरीको लौकही, मधुवन, छिटाहा र सिमरियामा एक हजार ३ सय बाढी प्रभावितहरुलाई सहयोग गरेको जनाएको छ ।
प्रतिक्रिया 4