
२० असोज, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर जेनजी अगुवाहरू प्रहरीसमक्ष पुगेका छन् ।
जेनजी अगुवा सुदन गुरुङ लगायत सोमबार दिउँसो जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन भन्दै पुगेका थिए ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार, उनीहरूको जाहेरी भने दर्ता भएको छैन ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनबारे न्यायिक छानबिन समिति बनिसकेको छर समितिले काम गर्दागर्दै जाहेरी लिन नमिल्नै भन्दै प्रहरीले उनीहरूलाई फर्काइदिएको छ ।
‘उहाँहरू जाहेरी लिएर आउनुभएको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘हामीले केहीबेर छलफल गर्यौं । तर, जाहेरी दर्ता भएको छैन ।’
जेनजीहरूले आजबाट ‘केपी ओली एरेस्ट’ भन्दै अभियान नै चलाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4