
२१ असोज, काठमाडौं । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले अगामी बुधवारपछि धान भित्राउन उपयुक्त हुने बताएका छन् ।
बुधबारदेखि नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिने अनुमान गर्दै उनले त्यसपछि धान काट्न र भित्राउन उपयुक्त हुने बताएका हुन् ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भनेका छन्, ‘अहिले धान भित्र्याउने समय छ । यसको लागि भोलिदेखि राम्रो वातावरण पनि बन्दै गएको छ । पर्सि बुधवारदेखि नेपालबाट मनसुन पनि बाहिरिँदै जाने र मौसम पनि सफा हुने भएकाले अगामी तीन दिनपछि धान भित्र्याउन कुनै बाधा देखिँदैन ।’
आउँदो बुधवारदेखि मनसुन बाहिरिने र तत्काल पश्चिमी वायुको समेत प्रभाव नहुने अनुमान गर्दै उनले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4