
२१ असोज, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार सुकेको प्याजको भाउ घटेको देखाएको हो ।
समितिको तथ्यांक अनुसार आज मंगलबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३५ देखि अधिकतम ३७ रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने ३६ रुपैयाँ कायम छ ।
हिजो सोमबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३८ देखि अधिकतम ४० रुपैयाँमा किनबेच भएको थियो ।
सोमबारको तुलनामा मंगलबार प्याजको भाउ औसतमा प्रतिकिलो ३ रुपैयाँ घटेको छ ।
दुई महिनाअघि सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँमा किनबेच भएको थियो ।
आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ । प्याजको मूल्य थोरै मात्रामा मात्रै घटबढ हुने व्यवसायीहरू बताउँछन् ।
प्रतिक्रिया 4