+
+
Shares

अरनिको राजमार्गको दोलालघाट नजिक खसेको सुक्खा पहिरोमा दुई जना घाइते

ढुंगाले लागेर मोटरसाइकल चालक सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ५ बस्ने बर्ष ४१ का प्रेमबहादुर श्रेष्ठ र उनकी छोरी वर्ष १० की अपेक्षा श्रेष्ठ रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको दोलालघाट नजिक अरनिको राजमार्गमा सुख्खा पहिरोसँगै खसेको ढुंगाले मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्।
  • मोटरसाइकल चालक प्रेमबहादुर श्रेष्ठ र उनकी छोरी अपेक्षा श्रेष्ठलाई धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
  • घाइतेमध्ये चालक श्रेष्ठको अनुहार र देब्रे हातमा चोट लागेको छ भने अपेक्षा सामान्य घाइते भएकी छिन्।

२१ असोज, काभ्रेपलाञ्चोक। काभ्रेको दोलालघाट नजिक अरनिकाे राजमार्गमा माथिबाट खसेको सुख्खा पहिरोसँगै ढुंगाले लागेर मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

मंगलबार जिरोकिलोबाट दोलालघाटतर्फ जाँदै गरेको बा ७५ प ५०९५ नं. को माेटरसाइकललाई काभ्रे भुम्लु गाउँपालिका १० चाखोलामा सुख्खा पहिरोसँगै खसेको ढुंगाले लागेको थियो।

ढुंगाले लागेर मोटरसाइकल चालक सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ५ बस्ने बर्ष ४१ का प्रेमबहादुर श्रेष्ठ र उनकी छोरी वर्ष १० की अपेक्षा श्रेष्ठ रहेका छन् ।

चालक श्रेष्ठको अनुहार र देब्रे हातमा चो‍ट लागेको छ । अपेक्षा सामान्य घाइते छिन् । दुवैको धुलिखेल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?