
News Summary
Generated by OK AI. Editorially reviewed.- दोलखाको लप्चीमा पहिरो खस्दा ४ विदेशी पर्यटक र २ नेपाली गाइड गरी ६ जना पर्यटक अड्किएका छन्।
- जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएस्पी ज्ञानकुमार महतोले उनीहरुलाई नासा हाईड्रोपावरमा सुरक्षित राखिएको बताए।
- प्रहरीले पैदलमार्गमा पहिरो परेकाले उज्यालोमा मात्र हिड्न र मौषमको ख्याल गर्न अनुरोध गरेको छ।
२१ असोज, काभ्रेपलाञ्चोक। दोलखाको विगु गाउँपालिका–१ लप्चीको खराने खोलाको माथी देउरालीमा भीषण पहिरो खस्दा ६ जना पर्यटक लप्चीमा नै अड्किएका छन् ।
दोलखाको लामाबगर–खरानेखोला हुँदै लप्ची जाने एक मात्र पैदलमार्गमा भीषण पहिरो खस्दा लप्ची पुगेका ४ विदेशी पर्यटक र उनीहरुका गाईड २ जना नेपाली गरेर ६ जना पहिरोका कारण लप्चीमानै अड्किएका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएस्पी ज्ञानकुमार महतोका अनुसार लप्ची पुगेर फर्किदै गरेका ६ जना पर्यटक पहिरोका कारण अड्किएका छन्।
उनीहरुलाई पहिरो गएको भन्दा माथी नासा हाईड्रोपावरमा सुरक्षित राखिएको उनको भनाइ छ । ‘लामाबगर–खरानेखोला हुँदै लप्ची पैदल जाने हो । पैदल जाने बाटो पहिरोमा परेपछि उनीहरुलाई अध्यारो नहिड्नुस भनेका छौं, साथै मौषमको समेत ख्याल गरेर हिड्न सुझाएका छौ ।’
चीनको सिमाना नजिकै रहेको लप्चीमा बौद्ध गुम्बा र मेडिटेशन सेन्टर छ । विभिन्न देशका पर्यटक सँगै नेपालीहरु समेत त्यस ठाउँमा धेरै जान चाहने प्रहरीले जनाएको छ ।
पर्यटकीय सिजन भएकाले त्यस क्षेत्र घुम्न जाने पर्यटक फर्किएका छन् । प्रहरीले तत्कालका लागि त्यसतर्फ जान रोक लगाइएको छ । उज्यालोमा मात्र हिड्न र मौषमको ख्याल गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया 4