
News Summary
Generated by OK AI. Editorially reviewed.- गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीको सुरक्षालाई मजबुत बनाउन नयाँ एआई बग बाउन्टी कार्यक्रम सुरु गरेको छ।
- यो कार्यक्रममा गम्भीर सुरक्षा त्रुटि फेला पार्ने शोधकर्तालाई ३० हजार अमेरिकी डलरसम्म पुरस्कार दिइनेछ।
- गुगलका जिमेल, ड्राइभ, जेमिनाई एप र सर्चजस्ता प्रमुख प्रडक्टमा फेला पर्ने बगका लागि सबैभन्दा ठूलो पुरस्कार दिइनेछ।
काठमाडौं। प्रविधि जगतको दिग्गज कम्पनी गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीको सुरक्षालाई थप मजबूत बनाउनका लागि एक नयाँ एआई बग बाउन्टी कार्यक्रम सुरुवात गरेको छ ।
यस अन्तर्गत यदि कोही शोधकर्ता वा विज्ञले गुगलका एआई टूलहरूमा गम्भीर सुरक्षा त्रुटि फेला पारेमा ३० हजार अमेरिकी डलरसम्म पुरस्कार प्राप्त गर्नेछन्।
गुगलका अनुसार यो कार्यक्रम केवल वास्तविक सुरक्षा जोखिमहरुमा केन्द्रित छ । अर्थात् यस्ता खालका विषयमा, जहाँ कुनैपनि ह्याकरले एआई प्रणालीलाई गुमराहमा राखेर निजी डेटा लिक गराउने वा स्मार्ट डिभाइसहरूलाई नियन्त्रण गर्न पुग्दछ ।
उदाहरणका लागि यदि कुनै ह्याकरले एआई असिस्टेन्टलाई इमेलको समरी बनाएर कुनै अकाउन्टमा पठाउने वा स्मार्ट सिस्टमबाट कुनै घरको ढोका खोल्नका लागि आदेश दिन्छ र त्यसमा सफल पनि हुन्छ भने त्यो एक गम्भीर सुरक्षा त्रुटि मानिनेछ ।
यद्यपि यदि कुनै प्रयोगकर्ताले केवल एआई मोडेललाई कुनै गलत वा अनुचित कुरा गर्न बाध्य पार्दछ भने त्यसलाई बग मानिनेछैन। यस्ता विषयलाई गुगलले आफ्नो सामान्य सुरक्षा पृष्ठापोषण टिमको माध्यमबाट हेर्दछ ।
यी प्रडक्ट खोज्नुपर्नेछ बग
समाचार अनुसार गुगलका जिमेल, गुगल ड्राइभ, जेमिनाई एप तथा गुगल सर्चजस्ता फ्लागसीप प्रडक्टमा फेला पर्ने गम्भीर बगहरुका लागि सबैभन्दा ठूलो पुरस्कार प्रदान गरिनेछ । त्यस्तै ल्यतभदययपीः तथा व्गभिक जस्ता अन्य टूलहरुमा फेला पर्ने सानातिना त्रुटिहरूमा चाहीँ अपेक्षाकृत रुपमा कम पुरस्कार पाइनेछ ।
स्मरण रहोस् गुगलले एआई सुरक्षा सम्बन्धी त्रुटी पत्ता लगाउनेहरुलाई केहीवर्ष यता गरी कूल ४ लाख डलर पुरस्कार दिइसकेको छ ।
एआई सेक्योरिटी तथा बग हंटिङ्गका पारखीहरूका लागि गुगलको यो कार्यक्रम निकै फलदायी मौका सावित हुनसक्छ । यसबाट एकातर्फ गुगलको प्रणाली थप सुरक्षित हुनेछ भने अर्कोतर्फ प्रविधि शोधकर्ताहरुका लागि लाखौँ रुपैयाँ कमाउने वैधानिक तथा सम्मानजनक बाटो खुल्नेछ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4