
२२ असोज, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ ।
जिल्ला प्रहरी परिसर, कैलालीमा पुगेर अनेरास्ववियु कैलालीका अध्यक्ष कुवेर खड्काले जाहेरी दिएका हुन् ।
उनले दिएको जाहेरी दर्ता हुन भने बाँकी छ । अखिलले बालेन र गुरुङविरुद्ध देशभरि जाहेरी दिने बताएको छ ।
आजदेखि सबै जिल्लामा किटानी जाहेरी दिने अनेरास्ववियुले जनाएको छ ।
यसअघि मंगलबार अखिल जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन गएको थियो । तर अखिलको जाहेरी दार्ता भएको छैन ।
प्रहरीले सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र जवाफ दिने बताएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4