+
+
Shares

म्याग्दीमा जिप दुर्घटना हुँदा १५ जना घाइते   

म्याग्दीको बेनी नगरपालिका–९ घतान तुसारेपानीमा बुधबार दिउँसो भएको जिप दुर्घटनामा १५ जना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १८:५८

२२ असोज, म्याग्दी । म्याग्दीको बेनीमा जिप दुर्घटनामा परेको छ ।

बेनी नगरपालिका–९ घतान तुसारेपानीमा बुधबार दिउँसो भएको जिप दुर्घटनामा १५ जना घाइते भएको म्याग्दीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

जिल्लाको रघुगङ्गा गाउँपालिका–८ कुइने खानीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग २ च ५९३० नम्बरको जिप दुर्घटनामा परेको उनले बताए ।

घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको छ । जसमध्ये १० जनाको डिस्चार्ज भइसकेको र अन्यलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको उनले बताए ।

ओरालो बाटोमा ब्रेक फेल भएर जिप दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र जीपका चालक चन्द्र पुर्जालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पौडेलले बताए ।

जीप सडकबाट करिब ११० मिटर तल बाँझो बारीमा खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?