+
+
Shares

मकवानपुरमा पनि बालेन र सुदनविरुद्ध अनेरास्विवयुको जाहेरी, प्रहरीले दर्ता गरेन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते २०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरमा अनेरास्विवयुले काठमाडौं महानगरपालिका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध अपराधिक उपद्रव मुद्दामा जाहेरी दिएकाे छ।
  • जाहेरीमा दफा १७७, १७८, २४४ र २८५ अनुसार बालेन र सुदनले जेनजी प्रदर्शनमा विद्यार्थी र युवालाई उक्साएर सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याएको आरोप लगाइएको छ।
  • मकवानपुर प्रहरी प्रमुखले घटनाको कार्यक्षेत्र नभएको भन्दै जाहेरी दर्ता नगरेका छन् र भोलि छलफलका लागि बोलाएका छन्।

२२ असाेज, हेटाैंडा । मकवानपुरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्विवयु) ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएकाे छ ।

अनेरास्ववियु मकवानपुरका संयाेजक नवराज शर्मा पाैडेलले मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बाेहरालाई आज बुधबार बालेन र सुदनविरुद्ध अपराधिक उपद्राे मुद्दामा जाहेरी दिएका छन् । प्रहरीले जाहेरी दर्ता भने गरेकाे छैन ।

एसपी बाेहराले मकवानपुर घटनाकाे कार्यक्षेत्र नभएकाले जाहेरी दर्ता गर्न नमिल्ने अनलाइनखबरलाई जानकारी दिए । संयाेजक पाैडेलले भने सरकारी वकिल कार्यालयसँग सल्लाह गर्ने बताउँदै एसपी बाेहराले भाेलि ११ बजे छलफलका लागि बाेलाएकाे जानकारी दिए ।

जाहेरीमा बालेन र सुदनविरुद्ध मुलुकी अपराध संहिता, २०७४ काे दफा १७७, दफा १७८, दफा २४४ र दफा २८५ (अपराधिक उपद्रव) गरेकाे अभियाेग लगाउन माग गरिएकाे छ ।

जाहेरीमा बालेन र सुदनले २३,२४ भदाैमा भएकाे जेनजी प्रदर्शनमा आएका विद्यार्थी र युवालाई उक्साएर सार्वजनिक र निजी सम्पत्तिमा क्षति गराउनुका साथै मानवीय क्षति हुने गरी हत्या गरिएकाे आराेप लगाइएकाे छ ।

अनेरास्ववियु केन्द्रीय कमिटीले मंगलबार काठमाडाैंमा बालेन र सुदनविरुद्ध जाहेरी दिएकाे थियाे । त्यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध पनि जाहेरी परेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?