
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले मुलुकलाई अफगानिस्तानको बाटोमा लैजाने प्रयास भइरहेको बताएका छन्।
- भट्टराईले २३ भदौको घटना कास्टिङ मात्रै भएको उल्लेख गर्दै एमाले एकताबद्ध हुनुपर्ने बताए।
- उनले भने, ‘यो मुलुक अफगानिस्तानको बाटोमा जानेछ, सुडान र युक्रेन बन्न सक्छ’ र विपक्षीको निष्कर्षलाई प्रश्रय नदिन आग्रह गरे।
२३ असोज, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले मुलुकलाई अफगानिस्तानको बाटोमा लैजाने प्रयास भइरहेको बताएका छन् ।
भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा उनले २३ भदौको घटना कास्टिङ मात्रै भएको बताए । मुलुकलाई जोगाउन एमाले एकताबद्ध हुनुपर्ने उनले बताए ।
यदि पार्टीभित्र एकताबद्ध नहुने हो भने मुलुक अफगानिस्तानको बाटोमा जाने भट्टराईले बताए ।
‘यो मुलुक अफगानिस्तानको बाटोमा जानेछ, सुडान र युक्रेन बन्न सक्छ,’, उनले भने । भट्टराईले पार्टी नेतृत्वविरुद्ध विपक्षीले निकालेको निष्कर्षलाई प्रश्रय दिने काम गर्न नहुने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4