
२३ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी संकटमा हुँदा एकताबद्ध भएर उभिनुपर्ने बताएका छन् ।
भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा पोखरेलले अहिले पार्टीभित्र चलिरहेको पुनर्गठनको माग अहिले सान्दर्भिक नरहेको बताए ।
‘विधान महाधिवेशन सम्पन्न गरेका छौं, महाधिवेशनको संघारमा छौं । कसैलाई लाग्दछ म योग्य छु भन्ने महाधिवेशनमा कार्यकर्ताको विश्वास जित्ने प्रणाली छदैछ,’ पोखरेलले भने, ‘सडकमा कराएर हिँड्नु पर्दैन । सडकमा तमसा देखाउनु पर्दैन ।’
हरेक नेतालाई कार्यकर्ताबीच जाने अवसर रहेको पनि उनले बताए ।
‘आफूलाई योग्य सावित गर्नलाई महाधिवेशनको हलमा कार्यकर्ताको बीचमा प्रस्तुत गर्ने अवसर पाउँदछन्,’ पोखरेलले भने, ‘संकटका बेलामा विभाजन होइन, एकताको खाँचो पर्दछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4