+
+
Shares

जेनजी आन्दोलनका शहीद परिवारका सदस्यले भने- छुट्टै दल खोल्नु अपरिहार्य

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १६:३२

२३ असोज, काठमाडौं । जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरूले जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्नको लागि जेनजीहरूको छुट्टै राजनीतिक दल खोल्नुपर्ने बताएका छन् ।

आन्दोलन भएको एक महिना पुगेको दिन बिहीबार (असोज २३) काठमाडौंस्थित एक होटलमा आयोजित राष्ट्रिय भेलामा उनीहरूले छुट्टै राजनितिक दलको आवश्यकता औंल्याए ।

‘चाँडोभन्दा चाँडो हामीले जेनजी समूह जम्मा भएर राष्ट्रिय राजनीतिक पार्टी गठन अपरिहार्य छ,’ भेलामा शहिद परिवारका एक सदस्यले भने ।

जेन जेड, वाई, एक्सको सहभागीताका तत्कालै राजनितिक दल गठन हुनुपर्ने उनीहरूको भनाइ छ ।

ाजनीतिक दल गठन पश्चात जेनजी आन्दोलनले अन्तर्राष्ट्रिय मान्यता पाउने हुनाले प्राप्त उपलब्धि रक्षा गर्न सहज हुने उनीहरूले बताएका छन् ।

उनीहरूले सरकारले तुरुन्तै शहीदहरूको सपना र घाईतहरूको माग सम्बोधन गर्नुपर्ने पनि बताए ।

भदौ २३ र २४ गतेको घटनाको छानविन गरी दोषीउपर कारबाही गर्न पनि उनीहरूले माग गरे ।

‘भाइ फुटे गोबार लुटे अवस्था अब नबनोस्, हामी सबै एकजुट हुनुपर्ने आवश्यकता छ,’ अर्का एक सहभागीले भनेका छन् ।

जेन जीको समूह फरक—फरक भएको भन्दै उनीहरूले एकजुट हुन पनि आग्रह गरे ।

जेन जी आन्दोलनका उपलब्धीहरूको रक्षा र भावी योजना तय गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको हो । गत भदौ २३ र २४ गते जेन जी आन्दोलन भएको थियो । आन्दोलनमा धेरै धनजनको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?