
News Summary
Generated by OK AI. Editorially reviewed.- दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ।
- ट्रेलरले खोलाको ढुंगा र बालुवा उत्खननका ठेकेदार दयाहाङ र विजयबीचको नोकझोंकको कथा देखाउँछ।
- फिल्म ६ कात्तिकदेखि तिहार भाइटीकाको अवसरमा प्रदर्शन हुने तयारीमा छ र सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्।
काठमाडौं । दयाहाङ राई र विजय बरालको शीर्ष भूमिका रहेको फिल्म ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलरले फिल्मको कथावस्तु, चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्छ । खोलाको ढुंगा र बालुवा उत्खननका ठेकेदार दयाहाङको एकमना खोलामा विजयले आँखा गाडेपछि सुरु हुने नोकझोंकको कथा यसमा छ ।
दयाहाङको अघिपछि केटाहरूको ग्याङ लिए रवाफका साथ हिँडिरहेको देखिने विजय विजय एक नवयौवना पात्र (समृद्धि अर्याल)को प्रेममा छन् ।
ट्रेलरमा वरिष्ठको चरित्रमा दयाहाङ र बलरामको चरित्रमा विजय देखिएका छन् । यो फिल्म तिहार भाइटीकाको अवसरमा ६ कात्तिकदेखि प्रदर्शन तयारीमा छ ।
फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरीको अभिनय छ ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्ममा आशिष तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप धामी र पुस्कर घिमिरे छन् ।
प्रतिक्रिया 4