+
+
Shares

सुन तस्करी प्रकरण : पूर्वसभामुख महरासँग अख्तियारले लियो बयान

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते २२:०१

२३ असोज, काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ ।

महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग बयान लिइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार, महरालाई बिहीबार बोलाएर बयान समेत लिइएको छ ।

त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो ।

यसअघि नै अनुसन्धानको दायरामा तानिएका पूर्वसभामुख महराविरुद्ध सत्ता र शक्तिको आडमा अनुसन्धान फाइल अघि बढेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?