
News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वकै चर्चित युट्युबर मिस्टर बिस्टले एआईले युट्युब क्रियटरहरुको भविष्यमा ठूलो खतरा निम्त्याउन सक्ने गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।
- मिस्टर बिस्टले भने, "एआईबाट तयार पारिएका र वास्तविक भिडियोको बीचमा फरक छुट्टाउन कठीन बनिसकेको छ," जसले क्रियटर र आम्दानी दुबैलाई विनाशकारी असर पार्न सक्छ।
- ओपन एआईले क्यचब नामक भिडियो जेनेरेसन टूल ल्याएको छ, जसले प्रयोगकर्तालाई शव्द मात्र लेखेर वास्तविक जस्तो भिडियो बनाउन सहयोग गर्छ।
काठमाडौं। विश्वकै सबैभन्दा चर्चित तथा धनी युट्युबर मिस्टर बिस्ट अर्थात् जिमी डोनाल्डसनले आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
उनका अनुसार यदि एआई टूलहरुले मानिसले जत्तिकै वा त्यो भन्दापनि उत्कृष्ट गुणस्तरको भिडियो बनाउन थालेमा आगामी दिनमा यो युट्युब क्रियटरहरुको भविष्यका लागि ठूलो खतरा बन्न सक्दछ ।
मिस्टर बिस्टले सोसल मिडिया प्लाटफर्म एक्समा लेखेका छन्ः एआईबाट तयार पारिएका र वास्तविक भिडियोको बीचमा फरक छुट्टाउन कठीन बनिसकेको छ । यसले कन्टेन्ट क्रियटरहरु र उनीहरुको आम्दानी दुबैको लागि विनाशकारी स्थिति पैदा गर्न सक्दछ ।
ओपन एआईले आफ्नो अत्याधुनिक भिडियो जेनेरेसन टूल क्यचब द्द लञ्च गरेसँगै युट्युबर मिस्टर बिस्टको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।
सोरा टू अहिले आइओएस प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ । यो टूलको सहयोगमा प्रयोगकर्ताहरुले शव्दहरु मात्र लेखेर त्यसबाट निकै वास्तविक जस्तो देखिने भिडियोहरु बनाउन सक्दछन्।
उता फेसबुकको मातृ कम्पनी मेटाले पनि आफ्नो प्लाटफर्ममा AI-Only Feed सुरु गरेको छ, जसमा केवल एआईबाट बनाईएका पोस्ट तथा भिडियोहरु देखाइनेछ ।
विज्ञहरुका अनुसार यस प्रकारका प्रविधिहरुले युट्युब सामाग्री, कपिराइट सम्बन्धी अधिकार तथा सिर्जनात्मक पेशाहरुलाई गहन रुपमा प्रभावित गर्न सक्दछ ।
रोचक त के भने मिस्टर बिस्ट स्वयंले यसअघि एआईको प्रयोग गरिसकेका छन् । उनले आफ्नो प्लाटफर्म ViewStats मा एआई थम्बनेल जेनेरेटर लन्च गरेका थिए । यसबाट क्रियटरहरुले केही सेकेण्डमै आकर्षक थम्बनेल बनाउन सक्दथे ।
तर उक्त एआई टूलका विषयमा विवाद भयो । कतिपय मानिसहरुले उक्त टूलका कारण ग्राफिक डिजाइनरहरुको जागिरमा खतरा बढ्ने चिन्ता व्यक्त गरे । बढ्दो विरोध तथा प्रयोगकर्ताहरुको प्रतिक्रियाहरुपछि मिस्टर बिस्टले उक्त टूल बन्द गर्ने निर्णय गरेका थिए ।
मिस्टर बिस्टका अनुसार एआई एक उपयोगी टूल हो । तर यसले मानवीय सिर्जनशीलता तथा वास्तविक कलाकारको स्थान लिन सक्दैन ।
यदि यस प्रविधिमा नियन्त्रण कायम गर्न नसकिएमा युट्युब क्रियटरहरुको अस्तित्व र उनीहरुको आम्दानी दुबै खतरामा पर्नसक्ने उनको चिन्ता छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4