+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रास्वपाले तिहार लगत्तै देशभर सद्भाव यात्रा गर्ने

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आज बस्ने सचिवालय बैठकमा यो विषयमा थप छलफल हुनेछ । पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बिहान ११ बजे सचिवालय बैठक बस्दैछ । बैठकबाट तीन चरणमा सद्भाव यात्रा गर्ने गरी मिति तय गरिनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १०:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले तिहारपछि देशभर तीन चरणमा सद्भाव यात्रा गर्ने निर्णय गर्न सचिवालय बैठक बस्ने भएको छ।
  • पार्टी प्रवक्ता मनिष झाकाले सद्भाव यात्राको उद्देश्य मानिसबीच रिस कम गरी विश्वास र सद्भाव कायम गर्नु रहेको बताए।
  • सद्भाव यात्रामा रास्वपाका नेता कार्यकर्ताहरू समाजका विभिन्न स्थानमा पुगेर जनतासँग कुराकानी गर्नेछन्।

२४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर सद्भाव यात्रा गर्ने भएको छ । तिहार लगत्तै हिमाल, पहाड र तराईमा तीन चरणमा सद्भाव यात्रामा निस्कने गरी कार्यक्रम तय गर्दैछ ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आज बस्ने सचिवालय बैठकमा यो विषयमा थप छलफल हुनेछ । पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बिहान ११ बजे सचिवालय बैठक बस्दैछ । बैठकबाट तीन चरणमा सद्भाव यात्रा गर्ने गरी मिति तय गरिनेछ ।

प्रवक्ता झाका अनुसार समाजमा अहिले द्धन्द्ध छ । राज्य र समाजलाई जोड्नुपर्ने छ । मानिसहरूलाई एकअर्कोप्रति विश्वास आर्जन हुने वातावरण बनाउनु छ र एक अर्कोप्रति सद्भाव कायम गर्ने अवस्था सिर्जना गर्नुछ ।

प्रवक्त झा भन्छन्, ‘हामीले गर्न लागेको सद्भाव यात्राको उदेश्य भनेको मानिसहरूबीच एक अर्कोबीच सद्भाव नखलबिलयोस् भनेर हो ।’

आन्दोलनका क्रममा छिमेकीकै घर जोगाउन नलाग्ने जस्तो अवस्था देखा परेको, एउटा पार्टीले अर्को पार्टीको भवन जलाउँदा हेरेर बस्ने अवस्था रहेको भन्दै रास्वपाले मानिसहरूबीच एक अर्कोप्रति रहेको रिस कम सद्भाव यात्रा गर्न लागेको जनाएको छ ।

समाज र राज्य दुवैलाई सन्तुलनमा लैजान खोजिएको हो । झाका अनुसार सद्भाव यात्राका क्रममा रास्वपाका नेता÷कार्यकर्ताहरू समाजमा जान्छन्, मान्छेहरूसँग भेट्छन्, चिया चौतारीमा पुग्छन्, क्लवमा पुग्छन् र के कसो छ भनेर कुराकान गर्छन ।

जेनजीले उठाएका विषय सदनमा आफूहरूले उठाएको तर, संख्याको कारणले धेरै गर्न नसकेको पनि भनिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?