
मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारमन्त्री जगदिश खरेल ।
२४ असोज, काठमाडौं । सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।
‘राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने, कामकाज गर्न खटाउने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले भने ।
न्याय सेवाका कर्मचारीको पनि सरुवा
त्यस्तै, न्याय सेवाका ८ जना सहसचिवहरूको पनि सरुवा भएको उनले जानकारी दिए ।
‘नेपाल न्याय सेवा, न्याय समूह राजपत्रांकित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको सरुवा गर्ने निर्णय भएको छ,’ सञ्चारमन्त्री खरेलले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4