
फाइल तस्वीर
२४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य पक्षसँग हुने उच्च स्तरीय संवादका लागि उपसभापति डा. स्वर्णिम वाग्लेलाई संयोजक तोकेको छ ।
२२ र २४ असोजमा बसेको सचिवालय बैठकले विभिन्न पक्षसँग हुने उच्च तहको संवाद गर्न पार्टीबाट वाग्लेलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि वाग्लेले संवाद गर्ने रास्वपाले जनाएको छ ।
विभिन्न सामाजिक–राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न पार्टीले बनाएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै वृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन वाग्लेले उच्च संवाद समितिको संयोजन गर्ने प्रवक्ता मनिष झाले जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4