+
+
Shares

प्रहरीका ३ डीआईजीको सरुवा, मधेश प्रदेशमा थपलिया

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १८:४२
बायाँबाट क्रमशः विनोद घिमिरे, ओमबहादुर राना र गोविन्द थपलिया ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्रीस्तरीय निर्णयबाट नेपाल प्रहरीका तीन नायव महानिरीक्षकको सरुवा भएको छ।
  • गोविन्द थपलिया सीआईबीबाट मधेश प्रदेशमा सरुवा भएका छन्।
  • ओमबहादुर राना काठमाडौं उपत्यका प्रहरीबाट सुदूरपश्चिम प्रदेशमा र विनोद घिमिरे प्रबन्ध निर्देशनालयमा सरुवा भएका छन्।

२४ भदौ, काठमाडौं । नेपाल प्रहरीका तीन नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा भएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयबाट आज शुक्रबार तीन डीआईजीको सरुवा भएको हो ।

सरुवा सूचीअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत रहेका गोविन्द थपलियाको मधेश प्रदेशमा सरुवा भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत ओमबहादुर रानाको सुदूरपश्चिम प्रदेशमा सरुवा भएको छ ।

केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका विनोद घिमिरेको प्रबन्ध निर्देशनालयमा सरुवा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?