+
+
Shares

विदेशी मुलुकबाट नियुक्त अवैतनिक दूतका गाडीमा नीलो नम्बर प्लेट खारेज

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १९:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्र मन्त्रालयले अवैतनिक महावाणिज्यदूतहरूले प्रयोग गर्ने निलो नम्बर प्लेट खारेज गरेको छ।
  • यो निर्णय अवैतनिक महावाणिज्यदूतहरूको सवारीसाधन दुरुपयोगको गुनासाका कारण लिइएको हो।
  • निलो नम्बर प्लेट भएका सवारीसाधनलाई निजी सवारीसाधनमा परिवर्तन गरिने मन्त्रालयले जनाएको छ।

२४ असोज, काठमाडौं। विदेशी मुलुकबाट नेपालका लागि नियुक्त अवैतनिक महावाणिज्य दूतहरूले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको नीलो नम्बर प्लेट खारेज भएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार अवैतनिक महावाणिज्यदूतसम्बन्धी अन्तर्राष्ट्रिय कानून, पारस्परिकता, अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली २०३९, हालको प्रचलन बमोजिम यस्तो निर्णय लिइएको हो । उनले नीलो नम्बर प्लेटका सवारीसाधनहरूको दुरुपयोग भएको भन्ने गुनासा बेलाबेला आउने गरेकाले पनि यस्तो निर्णय लिइएको प्रवक्ता पौडेलले जानकारी दिए।

विभिन ६७ विदेशी मुलुकले नेपालमा अवैतनिक महावाणिज्यदूत राखेका छन्। तीमध्ये करिब ५० ले नीलो नम्बर प्लेट प्रयोग गर्दै आएका छन्। अवैतनिक महावाणिज्यदूतहरू अधिकांश नेपालका ठूला व्यापारिक घरानाका प्रमुखहरू छन्।

प्रवक्ता पौडेलले यो निर्णयपछि नीलो नम्बर प्लेट भएका सवारीसाधनलाई निजी सवारीसाधनमा परिवर्तन गरिने हुँदा यस विषयमा परराष्ट्र मन्त्रालयबाट सम्बन्धित निकायसँग निर्णय कार्यान्वयनका लागि आवश्यक समन्वय हुने बताए।

‘अवैतनिक कन्सल जनरलरकन्सलले तोकिएको कन्सुलर क्षेत्रभित्र नेपालको राष्ट्रिय दिवस समारोह, सम्बन्धित ९नियुक्ति दिने० मुलुकको राष्ट्रिय दिवस समारोह, सम्बन्धित मुलुकको राष्ट्र प्रमुखरसरकार प्रमुख र परराष्ट्र मन्त्री नेपाल भ्रमणमा रहेको समयमा सरकारी भेटघाट र स्वागत तथा विदाई र नेपालको लागि सम्बन्धित मुलुकको राजदूतको नेपाल भ्रमणको अवसरमा सम्बन्धित मुलुकको राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने व्यवस्था भने यथावत रहने छ,’ मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?