
२५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न जेनजी टोली शीतल निवास पुगेको छ । केही ढीला गरी वार्ता सुरु भएको छ ।
आज राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी प्रतिनिधिहरुसँग छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधि पुगेपछि शीतल निवासमा वार्ता सुरु गरिएको हो ।
बैठकमा सुरुमा १७ जना जेनजी प्रतिनिधि सहभागी हुने तय भए पनि संख्या बढेको छ । २० भन्दा बढी जेनजी बैठकमा सहभागी भएको एक जेनजी अगुवाले बताए ।
वार्तामा जेनजीका मागबारेमा छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4