+

टी-२० विश्वकप छनोटमा नेपालले यूएईसँग खेल्दै

२०८२ असोज  २६ गते ७:२३ २०८२ असोज २६ गते ७:२३
टी-२० विश्वकप छनोटमा नेपालले यूएईसँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईसँग खेल्दैछ।
  • नेपाल र यूएईबीचको खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४:१५ बजे सुरु हुनेछ।
  • नेपालले आइतबार यूएईलाई पराजित गर्न सकेमा बलियो सुरुवात हुनेछ र दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा छ।

२६ असोज, काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा सुपर सिक्सका खेलहरू आजदेखि सुरु हुँदैछन् ।

नेपालले आज सुपर सिक्सको आफ्नो पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग खेल्दैछ । नेपाल र यूएईबीचको खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ ।

समूह चरणमा युएईले कतार र मलेसियालाई हराएर अपराजित रहेको थियो । नेपालले कुवेत र जापानलाई हराएर अपराजित रहेको थियो ।

नेपालले आइतबार यूएईलाई पराजित गर्न सकेमा बलियो सुरुवात हुनेछ । यूएई र नेपाल दुवै पछिल्लो समय राम्रो लयमा छन् र टेस्ट राष्ट्रलाई हराइसकेका छन् । त्यसकारण दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ ।

नेपाल र यूएई हालसम्म टी-२०आई मा १० पटक आमनेसामने भएका छन् जहाँ दुवैले ५-५ खेल जितेका छन् । पछिल्लोपटक एसीसी प्रिमियर कपमा नेपाल यूएईसँग पराजित भएको थियो ।

त्यस्तै नेपालले सोमबार कतार, बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ ।

टी-२० विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय