
२६ असोज, काठमाडौं । अमेरिकाको एक संघीय पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई इलिनोइ राज्यमा नेसनल गार्ड तैनाथ गर्न रोक्ने फैसला सुनाएको छ ।
सिकागोस्थित अमेरिकी पुनरावेदन अदालतको सातौं सर्किट बेञ्चले तत्काल यो बल संघीय नियन्त्रणमै रहने फैसला सुनाएको हो ।
बीबीसीका अनुसार, यो फैसलाले तल्लो अदालतको आदेशलाई आंशिक रूपमा कायम राखेको छ । तल्लो अदालतले सिकागो क्षेत्रमा नेसनल गार्ड तैनाथ नगर्न भनेको थियो ।
अदालतले यस्तो तैनाथीले ‘नागरिक अशान्ति बढाउन सक्छ’ र ‘आगोमा घ्यू थप्ने काम गर्नेछ’ भनेको थियो ।
ट्रम्पले यसअघि लस एल एन्जलस, वासिङ्गटन डीसी, पोर्टल्याण्ड, ओरिगन जस्ता डेमोक्र्याट नेतृत्व भएका शहरहरूमा नेसनल गार्ड पठाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4