+
+
Shares

श्रीनगर एग्रिटेकको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते ११:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रीनगर एग्रिटेक कम्पनीले २६ असोजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) खुलाएको छ।
  • कम्पनीले १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्नेछ।
  • आईपीओमा न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ र आवेदन मेरोसेयर तथा बैंकबाट दिन सकिन्छ।

२६ असोज, काठमाडौं । आम सर्वसाधारणका लागि आइतबारदेखि श्रीनगर एग्रिटेक कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।

यसअघि प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेकालाई बाँडफाँट भइसकेपछि सर्वसाधारणका लागि खुलेको बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ । आईपीओमा न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ लाख ६२ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ।

जसमध्ये उद्योग प्रभावित क्षेत्र, वैदेशिक रोजगारमा रहेका तथा म्युचुअल फन्ड र कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गर्न लागेको हो । अनलाइन प्रणाली मेरोसेयर तथा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा कम्पनीको कारोबार स्थान हो । कम्पनीले पशुपन्छी तथा माछाको दाना, आहार उत्पादन गर्दै आएको छ । त्यस्तै मासु प्रशोधन तथा शीत भण्डार स्थापना गर्ने लक्ष्य लिएको छ । असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ १३ पैसा छ भने प्रतिसेयर आम्दानी १ रुपैयाँ ६८ पैसा छ । सञ्चित नाफा २ करोड १९ लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?