
News Summary
Generated by OK AI. Editorially reviewed.- सामसङ नेपालले तिहार क्याम्पेन 'तिहारको मुड, सबै गुड' असोज २६ देखि कात्तिक ३० सम्म सञ्चालन गर्ने जनाएको छ।
- ग्राहकले सामसङका टिभी, फ्रिज र वासिङ मेसिनमा २४ देखि ३५ प्रतिशतसम्म क्यासब्याक र छुट पाउनेछन्।
- लक्कीड्रमार्फत साप्ताहिक र बम्पर पुरस्कार जित्न सकिनेछ, साथै फाइनान्समा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा उपलब्ध छ।
२६ असोज, काठमाडौं । सामसङ नेपालले आफ्नो बहुप्रतिक्षित तिहार क्याम्पेन ‘तिहारको मुड, सबै गुड’ घोषणा गरेको छ ।
यो अफरमार्फत नेपालभरका ग्राहकलाई विभिन्न छुट र लक्कीड्रमार्फत साप्ताहिक तथा बम्पर पुरस्कार जित्ने अवसर प्रदान गरिने कम्पनीले जनाएको छ ।
असोज २६ देखि कात्तिक ३० सम्म देशभरका अधिकृत सामसङ विक्रेतामार्फत यो लागु भएको छ । यस अवधिमा ग्राहकहरूले सामसङका टिभी, फ्रिज र वासिङ मेसिन खरिदमा आकर्षक छुट पाउनेछन् । साथै नयाँ भर्सनका उत्पादन समेत बजारमा आएको कम्पनीले जनाएको छ ।
जसअनुसार टीभीमा ३५ प्रतिशतसम्म क्यास ब्याक तथा ५ हजार रुपैयाँसम्म एक्स्चेन्ज बोनस प्रदान हुनेछ । त्यस्तै फ्रिजमा २४ प्रतिशतसम्म क्यासब्याक र ७ हजार रुपैयाँसम्म छुट हुनेछ । वासिङ मेसिनमा २४ प्रतिशतसम्म छुट र ७ हजारसम्म छुट हुनेछ ।
त्यस्तै पुरस्कारअन्तर्गत टीभी किन्दा साप्ताहिक रुपमा साउन्डबार तथा बम्पर पुरस्कारस्वरुप ३५ लिटरको बिस्पोक एआई फ्रिज जित्न सकिनेछ । फ्रिज किन्दा २३ लिटर माइक्रोवेब ओभन साप्ताहिक पुरस्कार र बम्पर पुरस्कारमा ९ केजी फ्रन्ड लोड वासिङ मेसिन प्रदान हुनेछ भने वासिङ मेसिन किन्दा २३ लिटर माइक्रोवेभ ओभन साप्ताहिक पुरस्कार र ६५ इन्च्को यूएचडी टीभी प्रदान गरिने सामसङले जनाएको छ ।
लक्की ड्रमा सहभागी हुन सामसङ सिरियल नम्बर लेखी ३५००१ मा पठाउन सकिनेछ । पठाएपछि तुरुन्त एसएमएसमार्फत पुष्टि सन्देश पाइनेछ । कम्पनीले फाइनान्स गर्दा शून्य प्रतिशत ब्याजदरमा ईएमआई विकल्प समेत उपलव्ध गराएको जनाएको छ । कम्पनीका अनुसार पुराना टीभी वा होम अपलायन्स नजिकका स्टोरमार्फत साट्दा ७ हजारसम्म एक्स्चेन्ज बोनस प्रदान हुने छ ।
प्रतिक्रिया 4