+
+
Shares

तीन दलका तीन प्रमुख नेताहरूलाई बिदा गरौं : गगन थापा

‘म एमाले माओवादीका साथीहरूलाई पनि भन्न चाहन्छु, हामीले आफ्ना तीनवटै नेताहरूलाई प्रष्ट भन्नुपर्छ, अब नो मोर,’ थापाले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते १७:१५

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबार सामाजिक सञ्जालमा एक भिडियोमार्फत उनले संवादको नयाँ वातावरण प्रारम्भ गर्न पनि आग्रह गरेका छन् ।

‘तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं,’ महामन्त्री थापाले भनेका छन् ।

महामन्त्री थापाले निरन्तर पार्टीमा महाधिवेशनको माग गर्दै आएका छन् ।

यसैबीच उनले पुराना नेताहरूले बिदा लिनुपर्ने भन्दै अन्य दुई ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्तालाई पनि प्रमुख नेतालाई छाड्न अनुरोध गर्नुपर्ने बताएका छन् ।

‘म एमाले माओवादीका साथीहरूलाई पनि भन्न चाहन्छु, हामीले आफ्ना तीनवटै नेताहरूलाई प्रष्ट भन्नुपर्छ, अब नो मोर,’ थापाले भनेका छन् ।

नेतृत्व बदल्नासाथ सबै कुरा बदलिन्छ भन्ने नभएको भन्दै आफूहरू पनि अनुपयुक्त भए छाड्न तयार रहेको जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?