
काठमाडौं । अफगानिस्तानको तालिबान सरकारका विदेश मन्त्री अमिर खान मुत्तकीले आइतबार दिल्लीमा पत्रकार सम्मेलन आयोजना गरे । त्यहाँ यसपटक महिला पत्रकारहरूलाई पनि बोलाइएको थियो र उनीहरू पहिलो पंक्तिमा बसेका थिए।
यसअघि शुक्रबारको पत्रकार सम्मेलनमा महिला पत्रकारहरूलाई बोलाइएको थिएन । यो विषय भारतमा ठूलो विवादको विषय बनेको थियो ।
तर, यसपटक मुत्तकीले पछिल्लो पटक महिला पत्रकारहरू नबोलाइएको विषयमा स्पष्टीकरण दिँदै भने, ‘यो केवल प्राविधिक कारणले भयो। पछिल्लोपटक छोटो सूची बनाइएको थियो किनभने समय कम थियो। यसबाहेक कुनै दोस्रो उद्देश्य थिएन।’
पत्रकार सम्मेलनमा मुक्तकीले के भने ?
मुत्तकीले अफगानिस्तानमा हाल कूल १ करोड विद्यार्थी विद्यालय तथा अन्य शैक्षिक संस्थानहरूमा पढिरहेको जानकारी दिए । यीमध्ये करिब २८ लाख महिला र केटीहरू रहेका उनले बताए ।
‘धार्मिक मदरसाहरूमा पनि यो शिक्षा स्नातक तहसम्म उपलब्ध छ। केही क्षेत्रहरूमा सीमाहरू छन्, तर यसको अर्थ हामी शिक्षाको विरोधी होइनौं,’ उनले यही आशयको कुरा गरे ।
उनले महिलाहरूको शिक्षा धार्मिक रूपमा अवैध घोषित नगरिएको र यसलाई अहिलेको व्यवस्थाअन्तर्गत अर्को व्यवस्थासम्मका लागि स्थगित गरिएको अवस्था रहेको बताए।
मुत्तकीले सन् २०२१ मा अफगानिस्तानमा मारिएका भारतीय पत्रकार दानिश सिद्दीकी को मृत्युप्रति शोक व्यक्त गरे।
प्रतिक्रिया 4