
२६ असोज, काठमाडौं । टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडियोमा देखिएका तेन्जेन दावालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफूलाई टीओबीको सदस्य बताउने तेन्जेन दावा अहिले प्रहरी कार्यालयमा अनुसन्धानकै क्रममा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
‘उहाँ हाम्रो कस्टडिमा हुनुहुन्छ । थप अनुसन्धान अघि बढाएका छौं,’ एसपी भट्टराईले भने ।
उनी सुरुमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेका थिए । त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको थियो ।
प्रहरीसँग उनले पेस्तोल बोकेको उक्त भिडियो जेनजी आन्दोलनको बेला भन्दा पहिलाको रहेको बताएका छन् । सुटिङको क्रममा खिचिएको उक्त भिडियोमा देखिएको पेस्तोल नक्कली रहेको दाबी उनले गरेको प्रहरी स्रोतले बतायो ।
टीओबी समूहका व्यक्तिले पेस्तोल बोकेको भन्दै अहिले सामाजिक सञ्जालमा तस्वीरहरू भाइरल बनेका छन् । टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिले कम्मरको पछाडिको भागमा पेस्तोल घुसार्दै गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
यसबारे अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया 4