News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनका घटनाबारे आयोगले भदौ २३ गते टीओबी समूहले शान्तिपूर्ण प्रदर्शनलाई उग्र बनाएको उल्लेख गरेको छ।
- आयोगले भदौ २३ गते करिब १०० वटा मोटरसाइकलमा आएका युवाहरूले भीडलाई उत्तेजित बनाएको प्रतिवेदनमा उल्लेख छ।
- भीडले प्रहरीमाथि ढुंगा, रड, इट्टा प्रहार गर्दै संसद् भवन छिर्ने प्रयास गरेको र प्रहरीले बल प्रयोग गरेको आयोगले खुलाएको छ।
११ चैत, काठमाडौं । भदौ २३ गतेको जेनजीको शान्तिपूर्ण प्रदर्शनलाई उग्र बनाउन टीओबी समूहको भूमिका रहेको खुलाइएको छ ।
जेनजी आन्दोलनका घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगले तयार पारेको प्रतिवेदनमा यसबारे उल्लेख गरिएको हो ।
‘भदौ २३ गते करिब १२ बजेको समयमा चाबहिल ओम अस्पताल धोबिखोला करिडोर, गौशाला लगायत विभिन्न क्षेत्रबा६ करिब १०० वटा मोटरसाइकलमा बानेश्वर, बिजुलीबजारतिरबाट आएका (केहीले टीओबी लेखिएको कालो टी-सर्ट लगाएका) युवाहरूले मोटरसाइकल पढ्काउँदै होहल्ला गरी भीडलाई थप उत्तेजित बनाउने कार्य गरेको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ ।
त्यसपछि भीड झन उग्र भै प्रहरीलाई धक्कामुक्का गर्दै, पानीका बोत्तल, ढुंगा मुडा, रड, इट्टा, गुलेली आदीबाट प्रहार गर्दै संसद् भवन छिर्ने प्रयास गरेको आयोगले भनेको छ ।
प्रहरीले माइकिङ गरेर सम्झाउँदा, बुझाउँदा नियन्त्रण नभएपछि बल प्रयोग गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका अपरेशन इन्चार्ज सुन्दर तिवारी र अन्य प्रहरी अधिकारीलाई आयोगले उदृत गरेको छ ।
प्रतिक्रिया 4