
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी तरकारी बजारमा सोमबार मकवानपुरबाट आएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत अर्गानोफस्फेट विषादी भेटिएको छ।
- केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटीका १५ पसलका तरकारी तथा फलफूल परीक्षण गर्दा अत्यधिक विषादी भएको अकबरे खुर्सानी उपभोग अयोग्य भएको जनाएको छ।
- सरकारले ४५ प्रतिशतभन्दा बढी विषादी भएको तरकारी उपभोगका लागि अयोग्य मान्ने नियम बनाएको छ र यसअघि पनि विभिन्न तरकारीमा विषादी भेटिएको थियो।
२७ असोज, काठमाडौं । मुलुककै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको अकबरे खुर्सानीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।
यसअघि बिहीबार मात्रै कालीमाटी तरकारी बजारमै बेच्न ल्याइएको हरियो फर्सी, काँक्रो र घिरौँलामा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।
आज सोमबार फेरि मकवानपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।
परीक्षण क्रममा अकबरे खुर्सानीमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त अकबरे खुर्सानी उपभोग अयोग्य रहेको जनाइएको छ ।
सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ।
यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।
यसअघि असार अन्तिम साता पनि पनि रायो साग, घिउसिमी लगायत तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।
प्रतिक्रिया 4