+
+
WC Series
Nepal Women
122/10 (20)
VS
३४ बलमा २४ रन आवश्यक
Thailand Women
99/1 (14.2)
Shares

अकबरे खुर्सानीको मूल्य घट्यो, किलोको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते ११:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अकबरे खुर्सानीको मूल्य घटेको तथ्यांक सार्वजनिक गरेको छ।
  • आज आइतबार अकबरे खुर्सानीको थोक मूल्य प्रतिकिलो ५० रुपैयाँले घटेर ५ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ।
  • पुस दोस्रो साता अकबरे खुर्सानीको थोक मूल्य औसत ४ सय रुपैयाँ र मंसिर पहिलो साता १ सय ३० रुपैयाँमा किनबेच भएको थियो।

४ माघ, काठमाडौं । बजारमा अकबरे खुर्सानी (हरियो) को मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो ।

आज आइतबार अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो ५० रुपैयाँले घटेको छ । शनिबार अकबरे खुर्सानी प्रतिकिलो ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज आइतबार अकबरे खुर्सानी प्रतिकिलो ५ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

पुस दोस्रो साता भने अकबरे खुर्सानी प्रतिकिलो थोकमा औसत ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी मंसिर पहिलो साता अकबरे खुर्सानी प्रतिकिलो थोकमा औसत १ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?